मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि ३४ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ७ नयाँ अनुहारलाई समेट्दै सोमबार ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्।
काठमाडौंमा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका १४ क्लबबाट टिकेन्द्र थापा, शत्रुधन चौधरी, नविन गुरुङ, आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, सुदीप गुरुङ र सुशील राईले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।
प्रशिक्षक अलमुताइरीले सातौँ चरणसम्मको खेलको प्रर्दशनको आधारमा खेलाडीको नामावली तयार पारेका हुन्। बन्द प्रशिक्षण पुस अन्तिम साताबाट सुरु हुनेछ।
नेपालले आगामी जनवरी २९ र फेब्रुवरी १ मा मरिसससँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्दै छ।
प्रारम्भिक चरणमा परेका खेलाडी
विशाल श्रेष्ठ (मछिन्द्र क्लब), दिप कार्की (हिमालयन शेर्पा), किरण कुमार लिम्बु (माजिया), शत्रुधन चौधरी (नेपाल पुलिस क्लब) टिकेन्द्र थापा (जावलाखेल युथ क्लब), आशिष लामा (एपीएफ), आयुष घलान (थ्रीस्टार क्लब), आकाश बुढा मगर (सातदोबाटो युथ क्लव), अनन्त तामाङ (थ्रीस्टार क्लब), अन्जन विष्ट (मनाङ मस्र्याङदी क्लब), एरिक विष्ट (न्युरोड टिम), विमल घर्ति मगर (मछिन्द्र फुटबल क्लब), विशाल राई (मछिन्द्र फुटबल क्लब), दर्शन गुरुङ (न्युरोड टिम), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), दिनेश हेम्जन (त्रिभुवन आर्मी फुटबल क्लब), दिनेश राजवंशी (मनाङ मस्र्याङदी क्लब), गौतम श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), कमल थापा (हिमालयन शेर्पा क्लब), कृतिश रत्न छुन्जु (न्युरोड टिम), मनिष डाँगी (मछिन्द्र फुटबल क्लव), नविन गुरुङ (न्युरोड टिम), नितिन थापा (मनाङ मस्र्याङदी क्लव), पुजन उपरकोटी (मनाङ मस्र्याङदी क्लव), सन्तोष तामाङ (त्रिभुवन आर्मी फुटबल क्लब), सुवास गुरुङ (संकटा क्लब), सुदीप गुरुङ (सातदोबाटो युथ क्लव), सुजल श्रेष्ठ (मछिन्द्र फुटबल क्लव), सुमन अर्याल (त्रिभुवन आर्मी फुटबल क्लब), सुमन लामा (नेपाल पुलिस क्लब)। सुनिल बल (मछिन्द्र फुटबल क्लब), सुरज ज्यु ठकुरी (जावलाखेल युथ क्लब), सुशिल राई (सातदोबाटो युथ क्लब), तेज तामाङ (नेपाल पुलिस क्लब)
Shares
प्रतिक्रिया