स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड गेटाफेसँग पराजित भएको छ।
लिगको शीर्षस्थानमा रहेको रियललाई गेटाफेले १–० गोल अन्तरले पराजित गरेको हो।
यससँगै रियलले दोस्रो स्थानमा रहेको सेभिल्लासँगको दूरी ११ अंकमा पु¥याउने मौका गुमाएको हो।
गेटाफेका एनेस उनालले खेलमा निर्णयक गोल गरे। रियलका लुका मोड्रिचले बराबरी गोल फर्काउने राम्रो अवसर पाए पनि गोल भने हुन सकेन।
यससँगै रियलले लिगमा २० खेलबाट ४६ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको सेभिल्लाको १८ खेलबाट ३८ अंक छ। गेटाफेले भने १९ खेलबाट १८ अंक जोडेको छ।
36
Shares
प्रतिक्रिया