इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेलेका छन्।
खेलको २६ औं मिनेटमा नै लिभरपुलले चेल्सीमाथि २–० को अग्रता लिए पछि उक्त अग्रतालाई उसले पहिलो हाफसम्म पनि कायम राख्न सकेन।
लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले गोल गरेका थिए। चेल्सीका लागि माटेओ कोभाकिक र क्रिस्टियन पुलिसिकले १/१ गोल गरे।
चेल्सीले यसअघि दिएको अन्तर्वार्तालाई लिएर आइतबारको खेलमा रोमेलु लुकाकुलाई भने समावेश गरेको थिएन।
यससँगै लिगको दोस्रो स्थानमा रहेको चेल्सीले २१ खेलबाट ४३ अंक जोडेको छ भने तेस्रो स्थानमा रहेको लिभरपुलले २० खेलबाट ४२ अंक हात पारेको छ।
शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलबाट ५३ अंक छ।
39
Shares
प्रतिक्रिया