फ्रेन्च लिग वान क्लब पीएसजीका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सीलाई कोरोना संक्रमण भएको छ।
एसोसिएट प्रेसका अनुसार सोमबार राति फ्रेन्च कप खेल्नुअघि टोलीका सदस्यलाई कोरोना पुष्टि भएको हो।
शनिबार पीएसजीले एक स्टाफ मेम्बरलाई पनि कोरोना संक्रमण भएको विज्ञप्तिमा जनाएको छ। तर त्यसमा क्लबले खेलाडीहरुको नाम भनेको थिएन।
अर्को विज्ञप्ति आइतबार जारी गर्दै मेस्सी, लेफ्ट ब्याक हुआँ बर्नाट, ब्याकअप गोली सर्जियो रिको र १९ वर्षीय मिडफिल्डर नाथन बिटुमाजालालाई कोरोना भएको जनाएको हो।
75
Shares
प्रतिक्रिया