इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीमाथि ३–१ गोल अन्तरको जित हात पारेको छ।
खेलको आठौं मिनेटमा नै स्कट म्याक्टोमिनेको गोलबाट युनाइटेडले खेलमा अग्रता लिएको थियो।
२७ औं मिनेटमा बर्नलीको तर्फबाट भएको आत्मघाती गोलसँगै युनाइटेडको अग्रता दोब्बर भएको थियो। ३५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले एक गोल थपे।
३८ औं मिनेटमा बर्नलीले सान्त्वना गोल फर्काएको थियो।
खेलको सबै गोल पहिलो हाफमा भएको थियो। प्रिमियर लिगमा गत जनवरीयता युनाइटेडले पहिलो हाफमा तीन गोल गरेको थिएन।
यससँगै लिगमा युनाइटेडले १८ खेलबाट ३१ अंक जोडेको छ। पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलबाट ५० अंक पुगेको छ।
69
Shares
प्रतिक्रिया