ad ad

खेल


कमल थापाको जोडीलाई टेनिसको उपाधि

कमल थापाको जोडीलाई टेनिसको उपाधि

वाशुदेव मिश्र
पुस १५, २०७८ बिहिबार १९:१५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाको जोडी पोखरामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा ५५ वर्षमाथिको डबल्समा उपाधि जितेको छ। 

थापा र झ्याम्पा ढुण्डुपको जोडीले अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा कृष्ण घले र राजु श्रेष्ठको जोडीमाथि २–६, ६–२ र ११–९ संघर्षपूर्ण जित निकालेको हो। यसअघि उनी ५५ वर्षमाथिको स्पर्धामा भने कृष्ण घलेसँग पराजित भएका थिए। 

सलोनीलाई पोखरामा २ वटा उपाधि
यता, नेपालकै शीर्ष वरियताकी सलोनी तामाङले पोखरामा एकैपटक २ उपाधिमा आफ्नो नाम लेखाएकी छन्।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा उनले उमन्स सिंगल र डबल्स गरी दुईवटा उपाधीमा कब्जा जमाएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .