ad ad

खेल


रोज टेलरले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

रोज टेलरले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

नेपालखबर
पुस १५, २०७८ बिहिबार ९:३, काठमाडौँ

न्युजिल्यान्डका ब्याटर रोज टेलरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

टेलरले आउँदै गरेको बंगलादेशसँगको टेस्ट श्रृङ्खला र अष्ट्रेलिया र नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेल नै अन्तिम हुने बताएका छन्।

रोज टेलर न्युजिल्याण्डको लागि टेस्ट र एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्। उनले सन् २००६ मा अन्तर्राष्ट्रिय एकदिवसीयमा डेब्यु गरेका थिए भने सन् २००७ मा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। 

न्युजिल्यान्डले जनवरीमा अष्ट्रेलियासँग तीन एकदिवसीय र नेदरल्यान्ड्ससँग घरेलु मैदानमा खेल्नेछ। त्यसपछि टेलर न्युजिल्यान्डको टोलीमा रहने छैनन्। यसअघि उनले सन् २०२३ को विश्वकपपछि सन्यास लिन सक्ने अपेक्षा गरिएको थियो। 

सामाजिक सञ्जाल ट्वीटरमा टेलरले आफ्नो १७ वर्षको करियरमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। टेलरले आफ्नो लागि सन्यास लिने यो उपयुक्त समय भएको बताएका छन्। 

टेलर तीनै फरम्याटको क्रिकेटमा एक सयभन्दा धेरै खेल खेल्ने पहिलो खेलाडी हुन्।

टेलरले टेस्ट क्रिकेटमा ७ हजार ५८४ रन बनाएका छन् भने एकदिवसीयमा २१ शतकसहित ८ हजार ५८१ रन बनाएका छन्। सबै फरम्याटमा गरी उनले ४० शतक प्रहार गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .