इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र ब्रिंटन एण्ड एल्बिओनले १–१ को बराबरी खेलेका छन्।
खेलको २८ औं मिनेटमा नै चेल्सीका रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर, खेल सकिन केही समय मात्र बाँकी छँदा विपक्षी टोलीका ड्यानी वेल्बेकले गोल गर्दै खेललाई नाटकीय रुपमा बराबरीमा ल्याए।
यससँगै चेल्सी लिभरपुललाई पछि पार्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ।
उसले २० खेलबाट ४२ अंक हात पारेको छ। लिभरपुलले १९ खेलबाट ४१ अंक जोडेको छ।
शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले २० खेलबाट ५० अंक हात पारेको छ।
21
Shares
प्रतिक्रिया