ad ad

खेल


‘सूर्य नेपाल इस्टर्न ओपन’को उपाधि शुक्रलाई

‘सूर्य नेपाल इस्टर्न ओपन’को उपाधि शुक्रलाई

नेपालखबर
पुस १४, २०७८ बुधबार १७:३३, काठमाडौँ

धरानका शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपन २०२१ को उपाधि जितेका छन्। उनले उपाधिसहित १ लाख ३५ हजार रुपैयाँ जिते। 

धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन शुक्रले १ ओभर ६१ स्कोर जोड्दै समग्रमा ५ स्ट्रोकको अग्रता लिएर उपाधि जितेका हुन्। शुक्रले समग्रमा १ अन्डर २ सय ९ स्कोर जोड्दै एमेच्योर सुभाष तामाङलाई पछि पारे।

सुभाषले अन्तिम दिन २ अन्डर ६८ को प्रदर्शन गर्दै एमेच्योरतर्फ पहिलो र समग्रमा दोस्रो स्थान हासिल गरे। एमेच्योरतर्फ दोस्रो स्थान युवराज भुजेल (२२३) र तेस्रो स्थान सद्भाव आचार्य (२२७) ले हासिल गरे। 

व्यावसायिकतर्फ दोस्रो स्थानमा धरानकै बलभद्र राई रहे। उनले समग्रमा ७ ओभर २ सय १७ स्कोरका साथ ८८ हजार रुपैयाँ जिते। तेस्रो स्थानमा ९ ओभर २ सय १९ स्कोर जोडेका निरज तामाङले ६५ हजार रुपैयाँ हात पारे। चौथो स्थानमा संजय लामाले १० ओभर २ सय २० स्कोरसाथ ५३ हजार ५ सय रुपैयाँ प्राप्त गरे। 

सुरुवाती दुई दिनमा ३६ होलको खेलपछि २२ व्यावसायिक र ६ एमेच्योर खेलाडीले अन्तिम दिनको लागि कट बनाएका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ७५ हजार रुपैयाँ रहेको थियो।

विजेता खेलाडीलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, नेपाल पुलिसका एआइजी हरी पाल, सूर्य नेपालका सहायक ब्राण्ड म्यानेजर नविन सरोज र धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले पुरस्कृत गरे । 

कट बनाउने शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गरेका थिए। प्रतियोगिता अन्तर्गत शुक्रबार व्यावसायिक र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .