ad ad

खेल


उज्बेकिस्तानलाई हराएर महिला टोलीले पदक चुम्दा पुरुष टोली पराजित

उज्बेकिस्तानलाई हराएर महिला टोलीले पदक चुम्दा पुरुष टोली पराजित

नेपालखबर
पुस १३, २०७८ मंगलबार २०:३७, काठमाडौँ

एभीसी एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको कास्य पदकका लागि भएको खेलमा  नेपाली राष्ट्रिय पुरुष टोली उज्बेकिस्तानसँग पराजित भएको छ। 

बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ३–० को  सोझो सेटमा पराजित हुँदा पदक विहिन भएको हो। 

नेपाल उज्बेकिस्तानसँग २५–१५,२५–१७ र २५–२२ ले पराजित हुन पुग्यो। 

यसअघि घरेलु मैदानमा भएको खेलमा नेपाल समुह चरणबाटै बाहिरिएको थियो। 

सन् २०१७ मा माल्दिभ्समा भएको च्याम्पियनसिपमा भने नेपालले कास्य पदक जितेको थियो। चार दशक लामो भलिबल इतिहासमा पुरुष टोलीले जितेको त्यो नै पहिलो पदक हो। 

महिलातर्फ आज नै भएको फाइनल खेलमा उज्बेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले उपाधि रक्षा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .