खेल


नेपाल आइपुगे नेपाली क्रिकेट टोलीका प्रशिक्षक दासानायके

नेपाल आइपुगे नेपाली क्रिकेट टोलीका प्रशिक्षक दासानायके

नेपालखबर
पुस १३, २०७८ मंगलबार १३:२५, काठमाडौँ

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके​ नेपाल आइपुगेका छन्। मंगलबार उनी नेपाल आइपुगेका हुन्।

नेपाल आइपुगेका दासानायकेले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूलाई पुनः नेपाल आउन पाउँदा निकै खुसी लागेको बताए।

उनले यसअघि आफू नेपाल आउँदा भन्दा नेपाली क्रिकेट अहिले माथिल्लो स्तरमा आइसकेकाले अहिले चुनौती पनि फरक रहेको उल्लेख गरे। 

उनले नेपाली क्रिकेटलाई थप सफलता दिलाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच देखिएको समस्या कुनै नौलो नभएको र यसलाई सबै पक्षसँग बसेर सुल्झाउने बताए। 

गत असोजमा नेपाली टोलीको प्रशिक्षकको रुपमा रहेका डेभिड ह्वाटमोरले राजीनामा दिएसँगै खाली भएको पदमा नेपाल क्रिकेट संघ (क्यान)ले दासानायकेलाई नियुक्त गरेको थियो। 

आगामी फेब्रुअरीमा ओमानमा हुने टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायर्सको तयारीका लागि उनी नेपाल आएका हुन्। 

नेपाली क्रिकेट टोलीका सफल प्रशिक्षकमध्येका एक दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालेका थिए।

उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मो पहिलो पटक टी-२० विश्वकप खेलेको थियो। पुबुदुको प्रशिक्षणमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधि जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad