ad ad

खेल


उपचारका लागि कतार पुगे रेजिन

उपचारका लागि कतार पुगे रेजिन

नेपालखबर
पुस १३, २०७८ मंगलबार १२:४५, काठमाडौँ

चोटका कारण करिब दुई वर्षदेखि मैदान बाहिर रहेका मछिन्द्र फुटबल क्लबका फरवार्ड रेजिन सुब्बा उपचारका लागि कतार पुगेका छन्। 

रेजिन व्यक्तिगत खर्चमा उपचारका लागि एक साताअघि कतारको अस्पेटार पुगेका हुन्। राष्ट्रिय यु–२३ टोलीको प्रशिक्षणका दौरान दायाँ खुट्टाको गोलीगाँठोमा चोट बोकेका रेजिन करिब २ वर्ष फुटबलबाट टाढा रहे। 

कतारमा सोमबार एमआरआई गर्दा उनको घुँडाको मांसपेशीमा चोट देखिएको र त्यसकै कारण दुखाइ भएको देखिएको छ। उनको भोलिबाट त्यहाँ ग्राउण्ड रिह्याब हुनेछ।

आज मंगलबार उनको अन्य परीक्षण हुँदै छ। उपचारमा कति समय लाग्छ भन्ने पनि एकिन छैन। एक साताको रिह्याबपछि उनको शरीरले कस्तो रेस्पोन्स गर्छ त्यसपछि कति समय लाग्छ भन्ने अनुमान हुनेछ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा उनको उपचारका लागि अझै ६/७ सात महिना कुर्नुपर्ने भएपछि उनी व्यक्तिगत खर्चमा कतार पुगेको उनका व्यवस्थापकीय जिम्मेवारी सम्हालेका अर्जुन कार्कीले बताए। 

कार्कीले भने, हामीले एन्फासँग कुराकानी गरेका थियौँ तर कोटा सिस्टमको कारण केही समय लाग्ने भएपछि रेजिन व्यक्तिगत खर्चमा कतार पुगेका हुन्।

अहिले नै खर्चको एकिन नभएपनि करिब ६/७ लाख रुपैयाँ खर्च हुने अनुमान छ। एन्फाबाट भएको भए केही रकम कम हुन सक्थ्यो तर व्यक्तिगत रुपमा उपचारका लागि जाने भएपछि अलि धेरै नै खर्च हुने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .