ad ad

खेल


एसेज सिरिजमा अष्ट्रेलियाको कब्जा

एसेज सिरिजमा अष्ट्रेलियाको कब्जा

नेपालखबर
पुस १३, २०७८ मंगलबार ७:३७, काठमाडौँ

अष्ट्रेलिया र इंगल्याण्डबीचको टेस्ट क्रिकेट सिरिज (एसेज)मा अष्ट्रेलियाले कब्जा जमाएको छ।

तेस्रो टेस्टमा मंगलबार एक इनिङ र १४ रनले इंगल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले दुई खेल बाँकी छँदै सिरिज आफ्नो नाममा पारेको हो।

मेलवर्नमा भएको तेस्रो टेस्टमा ८२ रनले पछि परेको इंगल्याण्ड दोस्रो इनिङमा ६८ रनमै अलआउट भयो। यससँगै अष्ट्रेलिया एक इनिङ र १४ रनले विजयी भएको हो। 

इंगल्याण्डलाई ६८ रनमै अलआउट गर्ने क्रममा अष्ट्रेलियाका स्कट बोलान्डले ६ विकेट लिए। पहिलो इनिङमा इंगल्याण्डले १८५ रन बनाएको थियो भने अष्ट्रेलियाले २६७ रन बनाएको थियो।

यसअघि ब्रिसबेन र एडिलेडमा भएको खेलमा पनि अष्ट्रेलियाले जित हात पारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .