जावालखेल युथ क्लवले कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको छैटौँ चरणको अन्तिम खेलमा सातदोबाटो युवा क्लवमाथि २–० को रोमाञ्चक जित निकालेको हो। जावलाखेलका लागि विपिन कडेँल र निकोलस फर्नान्डेजले एक एक गोल गरे।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो।
खेलको ५० औँ मिनेटमा विपिन कडेँलले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएका थिए। ७० औँ मिनेटमा निकोलस फर्नान्डेजले जावलाखेलको अग्रता दोब्बर पारे।
जितसँगै जावलाखेल नवौँ स्थानमा उक्लिएको छ। पराजित सातदोबाटो भने ८ अंकमा पाँचौ स्थानमा छ। सातदोबाटोको जारी लिगमा यो दोस्रो हार हो।
27
Shares
प्रतिक्रिया