इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले नर्विच सिटीमाथि फराकिलो जित हात पारेको छ।
महत्वपूर्ण तीन अंक जोड्ने क्रममा आर्सनलले नर्विचमाथि ५–० गोल अन्तरको जित हात पारेको हो।
आर्सनललाई जिताउन बुकायो साकाले दुई गोल गरे भने काइरन टिएर्नी, एलेक्सेन्डर लाकाजेटे र स्मिथ रोवले एक/एक गोल गरे।
विपक्षी टोलीको तर्फबाट भने कुनै गोल हुन सकेन।
यससँगै प्रिमियर लिगमा आर्सनलले १९ खेलबाट ३५ अंक हात पारेको छ। आर्सनल लिगको चौथो स्थानमा यथावत छ।
39
Shares
प्रतिक्रिया