त्रिभुवन आर्मी फुटबल क्लव कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लवसँग बराबरीमा रोकिएको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा आर्मी थ्रीस्टारसँग गोलरहित बराबरीमा रोकिएको हो।
पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा पनि गोल गर्न सकेनन्। बराबरीसँगै आर्मीको उपाधि होडमा धक्का लागेको छ।
यो बराबरीले आर्मीको एएफसी कप छनोटका खेल्ने सपनामा समेत बाधा पुगेको छ।
छैटौं चरणको अन्तिम खेलमा भोलि सातदोबाटो युथ क्लव र जावलाखेल युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ।
15
Shares
प्रतिक्रिया