ad ad

खेल


एसीसी यु १९ एसिया कपमा एक खेल अगावै नेपाल बाहिरियो

एसीसी यु १९ एसिया कपमा एक खेल अगावै नेपाल बाहिरियो

नेपालखबर
पुस ११, २०७८ आइतबार १८:४५, काठमाडौँ

एसीसी यु १९ एसिया कप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ। 

नेपाल श्रीलंकासँग ६० रनले पराजित भएको हो। दुई खेलमा पराजित नेपाल अंक तालिकाको पुछारमा छ। नेपालले अब समुह चरणको अन्तिम खेलमा कुवेतसँग २८ डिसेम्बरमा खेल्नेछ। 

श्रीलंकाले दिएको ३ सय २३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४७ दशमलव ५ ओभरमा २ सय ६२ रन जोड्दा अलआउट भयो।  

नेपालका लागि विकेटकिपर अर्जुन साउदले ६२ रनको योगदान दिए। साउदले ७८ बलमा ३ चौका र २ छक्का हाने। 

विवेक यादव ४६ रनमा क्याच आउट भए। बसिर अन्सारीले ४३, ओपनर सन्तोष कार्कीले ३४, कप्तान देव खनालले २८ रन थपे। 

त्यसअघि शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय २२ रनको योगफल तयार पारेको थियो। श्रीलंकाका सदिशा राजपक्षेले १ सय ३१ रनको इनिङस् खेले। ओपनर चामिन्दु विक्रमसिंघे १ सय ११ रन थपे। 

नेपालका मोहम्मद आदिलले ९ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए। देव खनाल र विवेक यादवले समान एक विकेट लिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .