एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ।
लिग चरणको अन्तिम खेलमा नेपालले मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपालले मालदिभ्सलाई २७–२५, २५–१९ र २५–२३ ले पाखा लगाएको हो।
नेपालले पहिलो खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–० र श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको थियो।
मंगलबार फाइनल र तेस्रो स्थानको लागि खेल हुनेछ। च्याम्पियनसिपमा पुरुषतर्फ आयोजक बंगलादेशसहित मालदिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच टोली सहभागी छन्।
39
Shares
प्रतिक्रिया