ad ad

खेल


श्रीलंकाविरुद्ध ३२३ रनको लक्ष्य पछ्याउँदै नेपाल

श्रीलंकाविरुद्ध ३२३ रनको लक्ष्य पछ्याउँदै नेपाल

नेपालखबर
पुस ११, २०७८ आइतबार १५:४७, काठमाडौँ

एसीसी यू–१९ एसिया कपमा नेपालले ३ सय २३ रनको लक्ष्य पाएको छ। 

शारजाह क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २२ रनको योगफल तयार पारेको हो। 

नेपालका लागि मोहम्मद आदिल आलमले दुई तथा देव खनाल र विवेक यादवले एक् एक् विकेट लिए। 

९ ओभर बलिङ गरेका आलमले ४६ रन खर्चेर २ विकेट लिए। आलमले ओपनर चामिन्दु विक्रमसिंघेलाई १ सय ११ रन बनाउँदा क्याच आउट गराए। उनले नै १ सय ३१ रन बनाएका सदिसा राजापाक्षेलाई बोल्ड आउट गरे। 

खनालले ९ ओभरमा १ मेडन राख्दै ५५ रन दिए। ७ ओभर बलिङ गरेका यादवले ६५ रन दिए। 

श्रीलंकाका कप्तान दुनिथ वेलालागे ३४ र रजिन पड सिल्भा शुन्य रनमा नटआउट रहे। 

पहिलो जितको खोजीमा रहेको नेपाल आजको खेलमा जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्न चाहन्छ।

अहिले नेपालले ब्याटिङ गरिरहेको छ। सात ओभरको समाप्तिसम्म नेपालले विना विकेटको क्षतिमा ३५ रन बनाएर खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .