ad ad

खेल


ब्रिगेड ब्वाइजलाई हराउँदै संकटा ए डिभिजन लिगको तेस्रो स्थानमा

ब्रिगेड ब्वाइजलाई हराउँदै संकटा ए डिभिजन लिगको तेस्रो स्थानमा

नेपालखबर
पुस ११, २०७८ आइतबार १५:४२, काठमाडौँ

ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै संकटा क्लब कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छैटौँ चरणको खेलमा संकटाले ब्रिगेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो। 

खेलको १२औँ मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाएका थिए। २८औँ मिनेटमा उत्तम राईले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। 

३८औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै अग्रता फराकिलो पारे। 

जितसँगै संकटा ६ खेलबाट १२ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ। बीबीसी भने ६ खेलबाट ५ अंक जोड्दै ११ औँ स्थानमा झरेको छ।  

आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले रुस्लान थ्रीस्टार क्लवसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .