ad ad

खेल


च्यासल युथ क्लबमाथि हिमालयन शेर्पाको जित

च्यासल युथ क्लबमाथि हिमालयन शेर्पाको जित

नेपालखबर
पुस १०, २०७८ शनिबार १६:२९, काठमाडौँ

हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित दर्ता गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा शेर्पाले च्यासल युथ क्लबलाई ३–१ को  गोल अन्तरले पराजित गरेको हो।

शेर्पाको जितमा मुताम्वा पिस्टोन भुनयोलीले दुई र सुरेश कुमालले एक गोल गरे। च्यासलका रुमेश बर्तौलाले सान्त्वना गोल फर्काए। 

खेलको २५औं मिनेटमा मुताम्वा पिस्टोन भुनयोलीले गोल गर्दै शेर्पालाई १–० को सुरुवाती अग्रता दिलाएका थिए। 

५६औं मिनेटमा मुताम्वाले व्यक्तीगत र गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। 

७५औं मिनेटमा रुमेश बर्तौलाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। 

८०औं मिनेटमा सुरेश कुमालले गोल गर्दै टोलीको अग्रता ३–१ ले फराकिलो पारे। 

खेलपछि च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले आजको खेल महत्वपुर्ण रहेपनि जित निकाल्न नसकेको बताए। 

'जावलाखेलभन्दा राम्रो खेल खेलेका थिए केटाहरुले तर जित निकाल्न सकेनौँ। मैले पनि सोच्ने बेला भएको छ,' उनले भने, मैले टोलीलाई राम्रो गर्न सकिन भने म बसिरहन जरुरत छैन। टोलीमा गल्ती भइरहेका छन्। मेरो र टिमका लागि राम्रो गर्ने प्रयास गर्नेछौँ।'

शेर्पाका प्रशिक्षक युगल किशोर राईले भने खेलमा हार जित स्वभाविक भएको बताए। 'खेलमा हारजित त हुन्छ नै। आजको खेलमा ३ अंक आएको छ', उनले भने, 'च्यासलले हाम्रो भन्दा राम्रो खेल खेलेको थियो। तर नतिजालाई नै हेर्नुपर्छ हामीले आजको खेलमा गोलको मात्र कुरा हो।'

प्रशिक्षक राईले थपे खेलाडीमा अनुशासन कमी भइरहेको बताए। 'खेलाडीहरु अलिकति व्यवसायिक हुनु जरुरी छ', उनले भने, 'फरवर्डहरुले गोल गरिरहेका छन्। यो लयलाई निरन्तरता दिन सकियो भने आगामी खेलमा राम्रो गर्न सकिन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .