खेल


ए डिभिजन लिगः आज दुई खेल हुँदै

ए डिभिजन लिगः आज दुई खेल हुँदै

नेपालखबर
पुस १०, २०७८ शनिबार ७:०, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार छैटौं चरणका दुई खेल हुँदैछन्।

शनिबार हुने पहिलो खेलमा दिउँसो १ बजे हिमालयन शेर्पा र च्यासल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

हिमालयन शेर्पाले लिगमा ५ खेल खेल्दा १ जित र २ बराबरीसहित ५ अंक जोडेको छ भने च्यासलले समान खेलबाट १ जित र १ बराबरीसहित ४ अंक हात पारेको छ।

त्यस्तै दास्रो खेलमा पौने ५ बजे मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ।

लिगको शीर्षस्थानमा रहेका यी दुई टोलीको प्रतिस्पर्धा निकै महत्वपूर्ण मानिएको छ।

मनाङले ५ खेलबाट १३ अंक हात पारेको छ भने मछिन्द्रको ११ अंक जोडेको छ।

शनिबारका दुवै खेल दशरथ रंगशालामा हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad