ad ad

खेल


यू–१९ एसिया कपः नेपाल बंगलादेशसँग १५४ रनले पराजित

यू–१९ एसिया कपः नेपाल बंगलादेशसँग १५४ रनले पराजित

नेपालखबर
पुस १०, २०७८ शनिबार ६:४३, काठमाडौँ

यूएईमा जारी यू–१९ एसिया कप क्रिकेटमा शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग १५४ रनले पराजित भएको छ।

बंगलादेशले दिएको २९८ रनको लक्ष्य पछ्याएको नेपाल १४३ रनमा नै अलआउट भएको हो। नेपालले अन्तिममा दुई रन बनाउँदा चार विकेट गुमाएको थियो। 

नेपालका लागि गुल्सन झाले ३५ र विवेक मगरले ३३ रन बनाए। उनीहरु दुवैजना रन आउट भएका थिए। बंगलादेशका चार खेलाडीले समान २/२ विकेट लिएका थिए। 

यसअघि नेपाललाई २९८ रनको लक्ष्य दिने क्रममा बंगलादेशका प्रान्तिक नवरोज नबिलले अविजित १२७ रन बनाएका थिए भने विकेटकिपर एमडी फहिम ५८ रन बनाएर रिटयर्ड हर्ट भएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .