ad ad

खेल


टेलिकमलाई काठमाडौं टिम च्याम्पियन उपाधि

टेलिकमलाई काठमाडौं टिम च्याम्पियन उपाधि

नेपालखबर
पुस ९, २०७८ शुक्रबार १९:४८, काठमाडौँ

कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधि नेपाल टेलिकमले जितेको छ। काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक आयोजित च्याम्पियनसिप फाइनल सिल्क ग्रुपलाई ३–२ ले हराउँदै टेलिकमले उपाधि जितेको हो। 

पहिलो खेलको पुरुष एकलमा टेलिकमका रत्नजित तामाङ्गले सिल्क ग्रुपका विकास श्रेष्ठमाथि २१–१८, २१–१३ को जित निकाल्दै टेलीकमलाई १–० को अग्रता दिलाएका थिए। दोश्रो खेलमा सिल्ककी अनुमाया राई टेलीकमकी सिमा राजबंशीमाथि हावी भइन्। राईले सिमालाई २१–१४, २१–१५ को जित निकाल्दै खेललाई बराबरीमा पुर्याएकी थिइन्। 

तेश्रो खेलमा कर्पोरेट पुरुष युगल खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्णन शर्माको जोडीले सिल्कका सुवाश अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१२, २१–५ ले जित निकाल्दै खेललाई २–१ को अवस्थामा पु¥याए। चौथो महिला युगलको खेलमा टेलिकमकी सिमा राजबंशीको घुँडामा चोट बल्झेपछि रिटायर्ड हर्ट भई खेल छोडे पछि खेल २–२ को अवस्थामा पुगेको थियो। 

अन्तिम तथा निर्णायक खेल पुरुष युगलमा टेलिकमका हरि कृष्णन शर्मा र रत्नजित तामाङ्गको जोडीले सिल्कका रमेश शेर्पा र विकास श्रेष्ठको जोडीलाई २१–१७ र २२–२० ले हराउँदै उपाधि पक्का गरेको थियो। 

कुमारी बैंकको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपका विजयी टोली १५ केजीको ८ लाख बराबरको चाँदीको चार सटल रहेको रनिङ्ग ट्रफी प्राप्त गर्यो। नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघको सहयोगमा भएको च्याम्पियनसिमको विजयी टिम तथा खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठ लगायतले ट्रफी, मेडल, प्रमाण पत्रका साथै गिफ्ट ह्याम्पर प्रदान गरे।

करिब  ४९ लाख ४६ हजार लागत रहेको च्यामिपयनसिपमा खेलाडीहरुले दर्ता हुने वित्तिकै २० हजार प्राप्त गरे भने प्रत्येक खेलबापत थप २५ सय प्राप्त गरेका थिए। ४ दिनसम्म चलेको प्रतियोगितामा ८ कर्पोरेट हाउसको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .