ad ad

खेल


सूर्य नेपाल गल्फ टुर धरानमा

सूर्य नेपाल गल्फ टुर धरानमा

नेपालखबर
पुस ९, २०७८ शुक्रबार १९:४०, काठमाडौँ

सूर्य नेपाल गल्फ टुर २०२०/२१ अन्तर्गत सूर्य नेपाल इस्टर्न ओपन धरान गल्फ क्लबमा हुँदैछ। 

सोमबार देखि हुने ५४ होलको तीन दिने प्रतियोगितामा ३५ प्रोफेसनल खेलाडीले स्पर्धा गर्नेछन्। 

प्रतियोगिताको विजेताले कुल ७ लाख ७५ हजार रुपैयाँ पाउनेछन्। 

प्रतियोगितामा नम्बर एक गल्फर भुवन नगरकोटी, घरेलु गल्फरद्वय शुक्रबहादुर राई र बलभद्र राईलाई, संजय लामा र जयराम श्रेष्ठले खेल्नेछन्। 

प्रतियोगिताको विजेताले एक लाख ३५ हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ८८ हजार र ६५ हजार नगद पुरस्कार पाउनेछन्। 

टप २१ प्रो र ६ एमेच्योरले कट बनाउने नियम रहेको छ। सहभागी ३५ प्रो गल्फर मध्ये कट बनाउने २१ खेलाडीले नगद पुरस्कार पाउनेछन्। प्रतियोगिताको अन्तिम दिन प्रोफेसनल र एमेच्योर खेलाडी सम्मिलित प्रो एम इभेन्ट हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .