ad ad

खेल


गोलबर्षा भएको खेलमा एपीएफ र एनआरटीले अंक बाँडे

गोलबर्षा भएको खेलमा एपीएफ र एनआरटीले अंक बाँडे

ए डिभिजन लिगअन्तर्गत शुक्रबारको खेलमा भिड्दै एपीएफ र एनआरटीका खेलाडी। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
पुस ९, २०७८ शुक्रबार १७:०, काठमाडौँ

एपीएफ फुटबल क्लव र न्युरोड टिम एनआरटीले बराबरी गर्दै कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा अंक बाँडेका छन्।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको छैटौँ चरणको पहिलो खेलमा एनआरटी र एपीएफले ३–३ गोलको बराबरी गर्दै अंक बाँडेका हुन्। 

खेलमा एनआरटीले दुई पटक अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाड्न बाध्य भयो। 

एपीएफका लागि आशिष लामाले दुई तथा दिपेश धिमालले एक गोल गरे। एनआरटीका लागि दर्शन गुरुङले दुई तथा मेसुके ओलुमोईले एक गोल गरे। 

खेलको ३२ औँ मिनेटमा दर्शन गुरुङले गोल गर्दे एनआरटीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटपछि नै आशिष लामाले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए। 

पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलमा बाँकी गोल दोस्रो हाफमा सम्भव भयो। खेलको ४८ औँ मिनेटमा एनआरटीका दर्शन गुरुङले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याए। ६१ औँ मिनेटमा मेसुके ओलुमोईले गोल गर्दै एनआरटीको अग्रता ३–१ ले फराकिलो पारे। 

खेलको ६५ औँ मिनेटमा कप्तान नविन लामाको फ्रिकीकलाई दिपेश धिमालले सहजै गोलमा परिणत गरे। ६९ औँ मिनेटमा एपीएफका कप्तान नविन लामाले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .