ad ad

खेल


बंगलादेशले नेपाललाई दियो २९८ रनको लक्ष्य

बंगलादेशले नेपाललाई दियो २९८ रनको लक्ष्य

नेपालखबर
पुस ९, २०७८ शुक्रबार १६:४८, काठमाडौँ

यु १९ एशिया कप क्रिकेट प्रतियोगितामा बंगलादेशले नेपाल सामु २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ।  

संयुक्त अरब एमिरेन्ट्स (युएई) स्थित शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रनको योगफल तयार पारेको हो। 

नेपालका लागि गुलसन झा, तिकल भण्डारी र मोहम्मद आदिल अलामले समान एक विकेट झारे। 

९ ओभर बलिङ गरेका दुर्गेश गुप्ताले ५९ रन खर्चे। विकेक यादवले ३ ओभरमा ३१ रन दिए। 

बंगलादेशका प्रन्तिक नरोज नविल १ सय २७ रनमा नटआउट रहे। ११२ नको सामना गरेका उनले ११ चौका र १ छक्का हाने।

एमडी फहिम ५८ रनमा रिटार्यड हर्ट भए। आइच मोलान २२, इफ्ताखेर हुसेन र एसएम मेहेरोबले समान २१ रन थपे। नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .