बिग बास लिगअन्तर्गत शुक्रबार भएको खेलमा नेपालका लेगस्पिनर सन्दीप लामिछानेको टोलीले जित हात पारेको छ।
लामिछानेको कुनै विकेट लिन नसके पनि होबार्ट हरिकेन्सले मेलवर्न स्टारमाथि २५ रनको जित हात पारेको हो।
पहिला ब्याटिङ गरेको हरिकेन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको मेलवर्नले भने नौ विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो। सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिए।
उनले ग्लेन म्याक्सवेलको क्याच पनि छाडेका थिए।
36
Shares
प्रतिक्रिया