नेपाल क्रिकेट संघ (क्यान) को धनगढीमा हुने भनिएको वार्षिक साधारण सभा स्थगित भएको छ।
साधारण सभा रोक्न क्यानका ६ जना केन्द्रीय सदस्यले उजुरी गरेपछि साधारण सभा स्थगित भएको हो।
क्यान अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशनसिंह, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल र केन्द्रिय सदस्य दुर्गाराज पाठकले खेलकुद मन्त्री मरेश्वर जंग गहतराजबीच भएको छलफलले साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो।
साधारण सभा पुष १४ र १५ गते धनगढीमा हुने तय थियो। साधारण सभा तत्कालका लागि स्थगित गरेर जिल्लाका अधिवेशन सकेर छलफलपछि नयाँ मिति तय गरिने कोषाध्यक्ष रोशन सिंहले बताए।
यसअघि क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतम, छुम्बी लामा, अमितवीर पाण्डे, मोहम्मद दाउद अन्सारी, करण महतरा र सञ्जयराज सिंहले बुधबार संयुक्त रुपमा पत्रकार सम्मेलन वार्षिक साधारण सभा रोक्न माग गरेका थिए।
Shares
प्रतिक्रिया