ad ad

खेल


सेन्ट्रल जोन महिला भलिबलमा नेपाली टोलीको लगातार दोस्रो जित

सेन्ट्रल जोन महिला भलिबलमा नेपाली टोलीको लगातार दोस्रो जित

फाइल तस्बिर


नेपालखबर
पुस ९, २०७८ शुक्रबार १२:३४, काठमाडौँ

बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ। 

ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पाखा लगाएको हो। 

नेपालले मालदिभ्सलाई २५–११, २५–९ र २५–५ ले हराउँदै लिग चरणमा लगातार दोस्रो जित निकालेको हो।  

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो। नेपालले श्रीलंकालाई १९–२५, २१–२५, २५–१५, २५–१९ र १५–१३ ले पराजित गरेको थियो। 

नेपालले शनिबार घरेलु टोली बंगलादेश खेल्नेछ। 

महिलातर्फ आयोजक बंगलादेशसहित किर्गिस्तान, मालदिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्र सहभागी छन्। 

उता पुरुषतर्फ नेपालले आज उज्वेकिस्तानसँग खेल्नेछ। खेल साँझ ५ः४५ बजे हुनेछ।

पहिलो पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको नेपाल उज्वेकिस्तानलाई हराउने योजनामा छ। 

पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको छ। 

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्। 

तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि खेल्नेछन्। फाइनल खेल २९ डिसेम्बरमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .