ad ad

खेल


यू–१९ एसिया कप: बंगलादेशविरुद्ध टस हारेर फिल्डङ गर्दै नेपाल

यू–१९ एसिया कप: बंगलादेशविरुद्ध टस हारेर फिल्डङ गर्दै नेपाल

नेपालखबर
पुस ९, २०७८ शुक्रबार ११:४३, काठमाडौँ

एशिया कप यू–१९ क्रिकेट प्रतियोगितामा नेपालले बंगलादेशविरुद्ध पहिले फिल्डिङ गरिरहेको छ। 

संयुक्त अरब एमिरेन्ट्स (युएई) स्थित शारजाह स्टेडियममा बंगलादेशले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ। 

बंगलादेशले ४ ओभरको समाप्तिमा विना विकेटको क्षति १८ रन बनाएर खेलिरहेको छ। 

यू–१९ एसिया कपमा समूह बी मा रहेको नेपालले समुह चरणमा बंगलादेश कुबेत र श्रीलंकासँग खेल्नेछ। 

नेपाल आजको खेलमा बंगलादेशलाई हराउँदै अन्तिम ४ मा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। 

नेपाली यू १९ टोली 
देव खनाल (कप्तान), विवेक यादव, गुल्सन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता र अर्जुन साउद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .