१९ वर्षमुनिको एसिया कप क्रिकेटमा आज नेपालले बंगलादेशको सामना गर्दै छ।
संयुक्त अरब इमिरेट्स(यूएई)को सारजाहमा हुने खेल नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ।
यू–१९ एसिया कपमा नेपाल समूह बीमा छ। यो समूहमा बंगलादेशसहित कुबेत र श्रीलंका पनि छन्।
बिहीबार भएको खेलमा श्रीलंकाले कुबेतलाई २७४ रनको विशाल अन्तरले पराजित गरेको छ।
समूहको शीर्षस्थानमा रहने दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
24
Shares
प्रतिक्रिया