ad ad

खेल


ए डिभिजन लिगः आजदेखि छैटौं चरणका खेल हुँदै

ए डिभिजन लिगः आजदेखि छैटौं चरणका खेल हुँदै

नेपालखबर
पुस ९, २०७८ शुक्रबार ७:०, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आजदेखि छैटौं चरणका खेल सुरु हुँदैछन्।

शुक्रबार छैटौं चरणका दुई खेल हुन लागेका हुन्। शुक्रबारको पहिलो खेलमा दिउँसो १ बजे एपीएफ र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ। एपीएफले अहिलेसम्मको ५ खेलमध्ये १ खेलमा जित, १ बराबरी र बाँकी खेलमा हारको सामना गर्दै ४ अंक जोडेको छ।

एनआरटीले भने १ खेलमा जित, २ खेल बराबरी र बाँकीमा २ खेलमा हारको सामना गर्दै ५ अंक हात पारेको छ। 

त्यस्तै पौने पाँच बजे हुने अर्को खेलमा नेपाल पुलिस र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।

पुलिसले अहिलेसम्मको ५ खेलमध्ये १ खेलमा जित, २ खेलमा बराबरी तथा २ खेलमा हारको सामना गर्दै ५ अंक हात पारेको छ।

त्यस्तै फ्रेन्ड्स क्लबले भने २ खेलमा बराबरी र ३ खेलमा हारको सामना गर्दै २ अंक मात्र हात पारेको छ। 

छैटौं चरणका सबै खेल दशरथ रंगशालामा हुनेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .