ad ad

खेल


कोरोना संक्रमण बढेको भन्दै प्रिमियर लिगका खेलहरु स्थगित

कोरोना संक्रमण बढेको भन्दै प्रिमियर लिगका खेलहरु स्थगित

नेपालखबर
पुस ९, २०७८ शुक्रबार ६:४६, काठमाडौँ

इंग्लिस प्रिमियर लिगका केही खेलहरु स्थगित भएका छन्। कोभिड–१९ को संक्रमण व्यापक मात्रामा फैलिएको भन्दै लिगका केही खेल स्थगित गरिएको हो। बीबीसीका अनुसार आइतबार हुने लिभरपुल र लिड्स युनाइटेड तथा वोल्भ्स र वाटफोर्डबीचको खेल स्थगित गरिएको हो। 

लिड्स र वाटफोर्डले यसअघि आफ्ना धेरै खेलाडीमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै आयोजकसँग खेल स्थगित गर्न आग्रह गरेका थिए। सोही आग्रह अनुसार आइतबार हुने दुवै टोलीको खेल स्थगित गरिएको हो। 

एभर्टनका राफेल बेनिटेजले भने आफ्नो टोली खेल भने यथावत राखिएकोमा आश्यर्च व्यक्त गरेका छन्। एभर्टनले पनि आफ्ना केही खेलाडीमा कोभिड संक्रमण, चोट र बिरामी पर्ने समस्या देखिएको भन्दै खेल स्थगित गर्न आग्रह गरेको थियो। 

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढेसँगै त्यसको असर खेलमा पनि देखिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .