ad ad

खेल


सधैं विवादमा रामोस, करियरकै २७ औं रातो कार्ड

सधैं विवादमा रामोस, करियरकै २७ औं रातो कार्ड

नेपालखबर
पुस ८, २०७८ बिहिबार १०:४२, काठमाडौँ

फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति भएको पीएसजी र लोरियन्टबीचको खेलमा सर्जियो रामोसले रातो कार्ड पाए।

खेलको ८१ औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका उनले त्यसको पाँच मिनेटपछि अर्को पहेँलो कार्डसँगै रातो कार्ड पाएका हुन्। 

पीएसजीको लागि खेलेको तेस्रो खेलमै उनले रातो कार्ड पाएका हुन्। रामोसले आफ्नो फुटबल करियरमा अहिलेसम्म २७ ओटा रातो कार्ड पाएका छन्।

धेरै रातो कार्ड पाउने खेलाडीको रुपमा चिनिने रामोसले पीएसजी आएपछि पनि सोही क्रमलाई निरन्तरता दिएका छन्। पीएसजी आएपछि रामोसको लागि यो पहिलो रातो कार्ड हो।

रामोस यसै सिजनमा रियल मड्रिडबाट पीएसजी आएका हुन्। चोटको कारण उनले लामो समयसम्म खेल्न पाएका थिएनन्। 

आफ्नो फुटबल करियरमा सबैभन्दा धेरै रातो कार्ड पाउने कीर्तिमान कोलम्बियाका गेरार्डो बेडोयाको नाममा छ।

उनले आफ्नो फुटबल करियरमा ४६ वटा रातो कार्ड पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .