ad ad

खेल


लिभरपुल र चेल्सी कारबाओ कपको सेमिफाइनलमा

लिभरपुल र चेल्सी कारबाओ कपको सेमिफाइनलमा

नेपालखबर
पुस ८, २०७८ बिहिबार ७:४०, काठमाडौँ

लिभरपुल र चेल्सी कारबाओ कपको सेमिफाइनलमा पुगेका छन्। बुधबार राति भएका क्वार्टर फाइनलको खेलमा जित हात पार्दै उनीहरुले सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। 

बुधबार राति भएको खेलमा चेल्सीले ब्रेनफोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो। त्यस्तै लिभरपुलले भने लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। लिभरपुल र लेस्टर सिटीबीच भएको खेलमा ३–३ गोलको बराबरी खेलेका थिए। त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।

त्यस्तै वेस्ट ह्यामलाई पराजित गर्दै टोटनह्याम पनि सेमिफाइनलमा पुगेको छ। यसअघि आर्सनल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। अब सेमिफाइनलमा अर्सनल र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ भने चेल्सी र टोटनह्याम भिड्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .