स्पेनिस ला लिगाअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले एथ्लेटिक बिल्बाओमाथि २–१ गोल अन्तरको जित हात पारेको छ। रियलका लागि दुवै गोल करिम बन्जेमाले गरेका थिए।
खेलको चौथो मिनेटमा नै गोल गर्दै बेन्जेमाले टोलीलाई अग्रता दिलाएका थिए। त्यसको ३ मिनेटपछि अर्को गोल थप्दै उनले टोलीको अग्रता दोब्बर पारेका थिए।
दोस्रो गोल गरेको ३ मिनेटपछि खेलको १० औं मिनेटमा एथ्लेटिक बिल्बाओले एक गोल फर्काउँदै खेललाई २–१ को अवस्थामा ल्याएको थियो। त्यसपछि खेलमा थप गोल हुन सकेन र रियल विजयी भयो।
यससँगै रियलले लिगमा १९ खेलबाट ४६ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको सेभिल्लाको १८ खेल ३८ अंक छ। एथ्लेटिक बिल्बाओले भने १९ खेलबाट २४ अंक हात पारेको छ।
39
Shares
प्रतिक्रिया