ad ad

खेल


पुस १७ गतेदेखि बूढानीलकण्ठमा रेस्लिङ प्रतियोगिता

पुस १७ गतेदेखि बूढानीलकण्ठमा रेस्लिङ प्रतियोगिता

नेपालखबर
पुस ७, २०७८ बुधबार १७:२१, काठमाडौँ

पहिलो संस्करणको आरडब्लु विन्टर स्लाम २०२१ पुष १७ गतेबाट हुने भएको छ।

आयोजक बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३ र नेपाल रिङ रेस्लिङ संघले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रथम आरडब्लु विन्टर स्लाम पुस १७ गतेबाट गर्ने जानकारी गराएको हो। 

प्रतियोगितामा नुवाकोटे टाइगर, चटान, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, किङ रोबोट, सिजे, एससी, जोन, बाका, यूबीएल लगायत महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल रिङ रेस्लिङ संघका महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन्।

प्रतियोगितामा हेभी वेट च्याम्पियनले ७५ हजार, हार्डकोर च्याम्पियनले ६५ हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४० हजार, लाइट वेट च्याम्पियनले ३५ हजार रुपैयाँ पाउनेछन्। बूढानीलकण्ठस्थित चुन्निखेल मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .