इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको टेस्ट क्रिकेट श्रृङ्खला (एसेज)अन्तर्गतको दोस्रो खेलमा पनि इंगल्याण्ड पराजित भएको छ।
दोस्रो टेस्टमा इंगल्याण्ड २७५ रनको फराकिलो अन्तरले पराजित भएको हो। यससँगै अष्ट्रेलियाले श्रृङ्खलामा २–० को अग्रता लिएको छ। यसअघि पहिलो टेस्ट पनि अष्ट्रेलियाले ९ विकेटले जितेको थियो।
एडिलेडमा भएको दोस्रो टेस्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई जितको लागि ४६७ रनको विशाल लक्ष्य दिएको थियो। यद्यपि इंगल्याण्डको टोली १९२ रनमा समेटिएको हो।
इंगल्याण्ड पहिलो इनिङ्गमा २३६ रनमा समेटिएको थियो। अष्ट्रेलियाले भने पहिलो इनिङ्गमा ४७३ रन र दोस्रोमा २३० रन बनाउँदै इनिङ्ग समाप्तिको घोषणा गरेको थियो।
पहिलो इनिङमा अष्ट्रेलियाका मार्नस अबुशेनले १०३ रनको पाली खेलेका थिए भने स्टिभ स्मिथले ९३ रन बनाएका थिए। अष्ट्रेलियाका बलरहरु मिचेल स्टार्क र रिचर्डसनले राम्रो प्रदर्शन गरेका थिए।
Shares
प्रतिक्रिया