ad ad

खेल


‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित दर्ता

‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित दर्ता

नेपालखबर
पुस ५, २०७८ सोमबार १५:४३, काठमाडौँ

विभागीय नेपाल एपीएफ फुटबल क्लबले कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पाचौँ चरणको अन्तिम खेलमा एपीएफले फ्रेण्ड्स क्लबलाई ३–१ ले पराजित गर्दै पहिलो जित निकालेको हो। 

एपीएफको जितमा आशिष लामाले दुई तथा विक्की तामाङले एक गोल गरे। प्रलेण्ड्सका लािगि प्रिजेन तामाङले एक गोल फर्काए। 

खेलको ३० औँ मिनेटमा विकी तामाङले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाए। त्यसको दुई मिनेटपछि नै आशिष लामाले गोल गर्दै अग्रता दोब्बर पारे। ५६औं मिनेटमा आशिष लामाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता फराकिलो पारे। 

खेलको ६८ औँ मिनेटमा प्रिजेन तामाङले पेनाल्टीमा गोल गर्दै एपीएफको अग्रतालाई साँघुरो पारे। 

आजको खेलमा एपीएफले विदेशी खेलाडी खेलाएको थियो। विभागीय  टोली एपीएफले गोलरक्षक युया कुरियामालाई पहिलो पटक टोलीमा समावेश गरेको हो। एफसी लाईसेन्स प्राप्त गरेपछि एपीएफलाई विदेशी खेलाडी राख्ने बाटो खुलेको हो।

त्यही मौकालाई सदुपयोग गर्दै एपीएफले विभागीय टोलीमा नै पहिलो पटक विदेशी खेलाडी समावेश गरेको हो। एपीएफका प्रशिक्षक कुमार थापाले टोलीको आवश्यक्ता अनुसार नै गोलरक्षकका रुपमा विदेशी खेलाडी समावेश गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .