ad ad

खेल


एभिसी एशियन सेन्ट्रल जोन भलिबल खेल्न नेपाली टोली बंगलादेश प्रस्थान

एभिसी एशियन सेन्ट्रल जोन भलिबल खेल्न नेपाली टोली बंगलादेश प्रस्थान

नेपालखबर
पुस ५, २०७८ सोमबार १२:१९, काठमाडौँ

बंगलादेशमा हुने एभिसी एशियन सेन्ट्रल जोन भलिबलका लागि नेपाली राष्ट्रिय महिला तथा पुरुष टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ। 

बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि टोलीसँगै एशियन रेफ्री क्यान्डिडेट विजय केसी र पुर्ण प्रसाद चौलागाई नेपालको तर्फबाट निर्णायकको रुपमा गएका छन्। 

राष्ट्रिय टोली र निर्णायकलाई आइतबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बिदाई गरेका थिए। 

सेन्ट्रल जोनको साबिक विजेता महिला टोलीले पुष ८ गते श्रीलङ्कासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। 

त्यही दिन पुरुष टोलीले भने उज्वेकिस्तानसँग खेल्ने तालिका छ। पुष ९ गते पुरुष टोलीले आयोजक बंगलादेशसँग खेल्दा महिला टोलीले भने माल्दिभ्ससँग खेल्नेछ। १० गते महिला टोलीले घरेलु टोलीसँग र पुरुष टोलीले माल्दिभ्ससँग स्पर्धा गर्नेछ। 

पुष ११ गते महिला टोलीले उज्वेकिस्तानसँग खेल्ने तालिका छ। सोही दिन पुरुष टोलीले भने लिग चरणको अन्तिम खेलमा श्रीलङ्कासँग खेल्नेछ। लिग चरणको अन्तिम खेलमा महिला टोलीले १२ गते किर्गीस्तानसँग खेल्नेछ। 

राउण्ड रोविनमा हुन च्याम्पियनसिपपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि स्पर्धा गर्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो र चौथो स्थानका लागि खेल्नेछन्। 

फाइनल खेल १४ गते हुनेछ। च्याम्पियनसिपमा महिलातर्फ ६ र पुरुषतर्फ ५ टोलीले खेल्नेछन्। 

सेन्ट्रल जोनमा सहभागी हुने पुरुष खेलाडी:
इम बहादुर राना मगर (कप्तान) हरि हजुर थापा, दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी, भैरव बहादुर बम, मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षत्री, टेकराज अवस्थी, राजेन्द्र विष्ट, विशाल बहादुर विक, शरन समरी क्षत्री, विनोद बहादुर चन्द (लिब्रो)

सेन्ट्रल जोनमा सहभागी हुने महिला खेलाडीः 
अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु, उषा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .