ad ad

खेल


आफ्नो भनाइलाई गलत व्याख्या गरिएको चिनियाँ टेनिस खेलाडी पेङको आरोप

आफ्नो भनाइलाई गलत व्याख्या गरिएको चिनियाँ टेनिस खेलाडी पेङको आरोप

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०७८ सोमबार १२:१, काठमाडौँ

चिनियाँ टेनिस खेलाडी पेङ शुआईले आफ्नो भनाइलाई गलत व्याख्या गरिएको बताएकी छिन्। सिंगापुरको पत्रिकासँग आइतबार कुरा गर्दै उनले आफू अहिले सुरक्षित रहेको र आफूले लगाएको यौन दुर्व्यवहारको आरोपमा निजी जीवनको विषयमा ‘गलत व्याख्या’ भएको बताएकी छिन्। 

आइतबार शुआई सांघाईमा अन्तरदेशीय प्रतियोगितामा देखिएकी हुन्। सो क्रममा उनले चिनियाँ बास्केटबल स्टार याओ मिङसँग पनि वार्ता गरेकी छिन्।

शुआईले सामाजिक सञ्जालमा चिनियाँ पूर्व उपप्रधानमन्त्री चाङ गाओलीमाथि यौन दुव्र्यवहारको आरोप लगाएको साँचो भएको बताएकी छिन्। यद्यपि यो मामिलालाई मानिसहरुले गलत व्याख्या गरिएको उनको भनाइ छ। 

गत नोभेम्बरमा पेङले सामाजिक सञ्जालमार्फत चीनका शीर्ष नेतामाथि आरोप लगाएपछि उनी लामो समय सार्वजनिक रुपमा देखिएकी थिइनन्।

यसै विषयलाई लिएर केही मुलुकले चीनमा हुने विन्टर ओलम्पिक कूटनीतिकरुपमा बहिस्कार गर्ने निर्णय गरिसकेका छन्। महिला टेनिस संघ (डब्ल्यूटीए)ले पनि आफ्नो चीनमा हुने सबै प्रतियोगिता रद्द गर्ने निर्णय गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .