राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले आफूलाई टोलीको नेतृत्व सुम्पिएको खबरले कृतज्ञ भएको र सम्मानित महसुस गरेको बताएका छन्।
सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेतृत्व सुम्पिने नेपाल क्रिकेट संघ क्यानप्रति सन्दीपले कृतज्ञता ज्ञापन गरेका छन्।
टोलीको योजनाका रुपमा विश्व क्रिकेटको नक्सामा नेपाललाई प्रभावकारी ढंगबाट प्रस्तुत गर्नु आफूहरुको लक्ष्य रहने सन्दीपले बताएका छन्।
त्यसका लागि राष्ट्रिय टोलीको ढोाका सबैका लागि खुला रहेको उनले उल्लेख गरेका छन्।
‘हामीहरु एक परिवार, एक टिम र एक युनिटका रुपमा खेल्नेछौँ। सबैको सहयोगमा हामीले नेपाललाई आईसीसीको पूर्ण सदस्य बनाउनेछौँ। एकजुट भएर गयौँ भने हामीले धेरै थोक हासिल गर्नसक्छौँ’, सन्दीपले ट्विटमा भनेका छन्।
— Sandeep Lamichhane (@Sandeep25) December 19, 2021Together we can achieve anything. #Honored #JaiNepal🇳🇵 pic.twitter.com/pzQQTFYHSM
Shares

प्रतिक्रिया