ad ad

खेल


साफ यू–१९ महिला च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित

साफ यू–१९ महिला च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित

नेपालखबर
पुस ४, २०७८ आइतबार १६:३८, काठमाडौँ

बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम लिगमा नेपाल भारतसँग पराजित भएको छ। 

बंगलादेशको राजधानी ढाकास्थित सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा दिउँसो भएको खेलमा भारतले नेपाललाई १–० गोल अन्तरले हराएको हो। 

भारतका लागि प्रियंका देवीले ६६औँ मिनेटमा गोल गर्दै भारतलाई जित दिलाएकी हुन्। सुमाती कुमारीले प्रियंकालाई गोलको अवसर सिर्जना गरेकी थिइन्। 

पाँच टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहेको नेपालले भारतसँग बराबरी गरेको भए पनि फाइनलमा पुग्ने थियो। 

तर यो खेल भारतको लागि भने फाइनलमा पुग्न नेपाललाई हराउनैपर्ने थियो। यस्तोमा भारतले जित निकालेको हो। 

जितसँगै भारत भने ३ खेलमा जित र १ खेलमा हारबाट ९ अंक जोड्दै पहिलोपटक फाइनलमा पुग्न सफल भएको छ।

नेपालले ४ खेलबाट ७ अंक जोडेको छ। बंगलादेशको पनि ७ अंक नै छ।  

पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० ले हराएको थियो। यसपछि तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोलले हराएको हो। 

भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो। तेस्रो खेलमा भारत बंगलादेशसँग हारेको थियो।

आजै बंगलादेशले श्रीलंकासँग अन्तिम खेल खेल्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .