ad ad

खेल


क्यानको कारबाहीपछि मल्लसहित ४ खेलाडीले पत्रकार सम्मेलन गर्दै

क्यानको कारबाहीपछि मल्लसहित ४ खेलाडीले पत्रकार सम्मेलन गर्दै

नेपालखबर
पुस २, २०७८ शुक्रबार १५:१८, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)ले गरेको कारबाहीको विषयमा क्रिकेटरहरु ज्ञानेन्द्र मल्लसहित चार खेलाडीले आज पत्रकार सम्मेलन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने भएका छन्। 

साँझ ५ बजे बोलाइएको पत्रकार सम्मेलनका लागि ज्ञानेन्द्र मल्लले आफ्नो व्यक्तिगत इमेलबाट पत्रकारहरुलाई निम्तो पठाएका छन्। 

‘नेपाल क्रिकेट संघ (क्यान)ले हालै हामी चार खेलाडीहरुमाथि गरेको निर्णयलाई लिएर यहाँहरुका जिज्ञासाहरूको उत्तर दिनु हाम्रो कर्तब्य ठानेका छौं। सोही विषयमा हुने पत्रकार सम्मेलनमा उपस्थितिका लागि अनुरोध गर्दछौं’ ज्ञानेन्द्रले पठाइएको इमेलमा उल्लेख छ। 

क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो। खेलाडीहरूले सञ्चारमाध्यममा क्यानविरुद्ध खेलाडी ग्रेडिङलगायत विषयमा बोलेको भन्दै क्यानले स्पष्टीकरण सोधेको थियो। जवाफमा खेलाडीहरूले हस्ताक्षरसहित उल्टै ११ बुँदे मागपत्र क्यानमा बुझाएका थिए। 

त्यहीबाट खेलाडी र क्यानबीच तिक्ततापूर्ण सम्बन्ध सुरु भएको हो। लगत्तै क्यानले आफ्ना कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय अनुशासन छानबिन समिति बनायो।

उक्त समितिले छानबिनपश्चात तयार पारेको प्रतिवेदनमा खेलाडीहरूले अनुशासन उल्लंघन गरेको भन्दै बोर्ड बैठकमा कारबाहीको सिफारिस  गरेको थियो। 

उक्त प्रतिवेदनका आधारमा बुधबार बसेको बोर्डे बैठकले ज्ञानेन्द्रसहितका खेलाडीलाई कारबाही गरेको हो।  

ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तानबाट हटाएको बोर्डले उनीहरुसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाको केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .