इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा चेल्सी एभर्टनसँग बराबरीमा रोकिएको छ। लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अन्तर दुई अंकमा झार्ने अवसर गुमाएको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ७० औं मिनेटमा चेल्सीका मासोन माउन्टले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, त्यसको ४ मिनेटपछि एभर्टनका जराड ब्रेन्थबेटले बराबरी गोल फर्काएका थिए।
यससँगै चेल्सी लिगमा १७ खेलबाट ३७ अंक हात पार्दै तेस्रो स्थानमा छ भने एभर्टनले भने समान खेलबाट १९ अंक जोडेको छ।
21
Shares
प्रतिक्रिया