इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा लिभरपुलले न्यु कास्टलमाथि ३–१ गोल अन्तरको महत्वपूर्ण जित हात पारेको छ। खेलको सातौं मिनेटमा नै गोल खाँदै १–० ले पछि पारेको अवस्थालाई उल्ट्याउँदै लिभरपुलले महत्वपूर्ण तीन अंक हात पारेको हो।
खेलको २१ औं मिनेटमा लिभरपुलका डिएगो जोटाले बराबरी खेल फर्काएको चार मिनेटपछि मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २–१ को अवस्थामा पुर्याएका थिए। सलाहले यो सिजनको २२ औं गोल गरेका हुन्। दोस्रो हाफमा लिभरपुलका एलेक्जेन्टर अर्नान्डले एक गोल थपे।
यससँगै लिभरपुलले लिगमा १७ खेलबाट ४० अंक हात पारेको छ। लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले समान खेलबाट ४१ अंक हात पारेको छ।
27
Shares
प्रतिक्रिया