खेल


ए डिभिजन लिगः पाँचौ चरणका खेल आजबाट सुरु हुँदै

ए डिभिजन लिगः पाँचौ चरणका खेल आजबाट सुरु हुँदै

नेपालखबर
पुस २, २०७८ शुक्रबार ६:४६, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको पाँचौ चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछ। पाँचौ चरणको पहिलो दिन आज दुई खेल हुनेछ। 

लिगको सातौँ चरणसम्म शीर्ष स्थानमा रहने एक टोलीले एफसी कपमा भाग लिन पाउनेछ। लिगमा सहभागी त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबले मात्रै एफसी लाइसेन्स लिएका छन्। 

सातौँ चरणसम्म शीर्ष स्थानमा रहने एक टोलीले मात्र एफसी कपमा भाग लिन पाउने भएकाले यी टोलीको एफसी यात्रा पाचौँ चरणबाट सुरु भैसकेको छ। त्यसैले यो चरणबाटको खेल यी टोलीका लागि महत्वपूर्ण छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दैछन्। खेल दिउँसो १ बजे सुरु हुनेछ। 

अंक तालिकाको तेस्रो स्थानमा रहेको आर्मी फुटबल क्लब सातदोबाटोलाई हराउँदै अपराजित रुपमा शीर्ष स्थानमा उक्लिन चाहन्छ। आर्मीले २ खेलमा जित र २ खेलमा बराबरी गर्दै ८ अंक जोडेको छ। 

एफसी कप खेल्ने सम्भावनालाई जीवित राख्न पनि आजको खेलमा सातदोबाटोलाई हराउन चाहान्छ। सातौ चरणसम्म शीर्ष स्थानमा रहने एक टोलीले एफसी कप खेल्न पाउनेछ। 

उता नवप्रवेशी टोली भएपनि लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएको सातदोबाटो आर्मीलाई हराउँदै शीर्ष स्थानमा पुग्ने दाउमा छ। लिगको चौथो चरणमा आएर पराजित भएको सातदोबाटो आफ्नो गल्तीलाई सच्याउँदै उत्कृष्ट प्रर्दशन गर्ने योजनामा छ। चौथो चरणसम्म २ खेलमा जित, १ मा हार र १ खेलमा पराजित सातदोबाटो जितको शृङ्खला दोहोर्‍याउन चाहान्छ। 

आजै हुने दोस्रो खेलमा संकटा युथ क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन्। सो खेल सोही रगंशालामा पौने ५ बजे सुरु हुनेछ। तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्र अपराजित यात्रालाई निरन्तरता दिदै एफसी कपका लागि आफनो दाबेदारी कायम राख्न चाहान्छ।

३ खेलमा जित र १ खेलमा बराबरी गरेको साविक विजेता मछिन्द्र १० अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। 

उता अंक तालिकाको चौथो स्थानमा रहेको संकटा क्लब पनि शीर्ष स्थानको लागि  खेल्नेछ। २ खेलमा जित र २ खेलमा बराबरी गरेको संकटा ८ अंकमा चौथो स्थानमा छ। 

लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएको संकटा मछिन्द्रलाई पराजित गर्दै तालिकामा ३ अंक जोड्न चाहान्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad