इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति हुने तय भएको म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित भएको छ। युनाइटेडका खेलाडीमा कोरोना संक्रमण देखिएसँगै उक्त खेल स्थगित भएको हो।
चिकित्सकहरुले दिएको मापदण्डअनुसार नै उक्त खेल स्थगित गर्ने निर्णय भएको बीबीसीले बताएको छ। यसअघि युनाइटेडले संक्रमण नियन्त्रणका लागि भन्दै मैदानमा गरिने अभ्यास रोकेको थियो। पछिल्लो एक सातामा मात्र लिगका ४२ जना खेलाडी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
यसअघि आइतबार हुने ब्रिंटोन र टोटनह्यामबीचको खेल पनि स्थगित भएको थियो।
शनिबार नर्विचसँगको खेलअघि गरिएको परीक्षणमा युनाइटेडका सबै खेलाडीमा कोरोना नेगेटिभ पाइएको थियो तर आइतबार गरिएको परीक्षणमा भने केही खेलाडीमा संक्रमण पुष्टि भएको हो।
युनाइटेडले खेलाडी र कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै खेल स्थगित भएको भन्दै उक्त खेलको तालिका मिलाउन युनाइटेडले आग्रह गरेको छ।
Shares

प्रतिक्रिया