अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगका नवौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक गरिएको तालिकाअनुसार पुस २ गतेदेखि पाँचौं चरणको खेल सुरु हुनेछ।
तालिकाअनुसार नवौं चरणसम्मका अधिकांश खेल काठमाडौंको दशरथ रंगशालामै हुनेछ। पाँचौं, सातौं र आठौं चरणका एक/एक खेल भने पोखरा रंगशालामा हुनेछ। अहिलेसम्म लिगको चौथो चरणका खेल सकिइसकेका छन्। चौथो चरणसम्मका सबै खेल दशरथ रंगशालामै भएका थिए।
चौथो चरणको खेल सकिँदासम्म मच्छिन्द्र र मनाङ मर्स्याङ्दी क्लब समान १० अंकसहित शीर्षस्थानमा छन् भने जावलाखेल र एपीएफ क्लब समान १ अंकसहित अङ्कतालिकाको पुछारमा छन्।
33
Shares

प्रतिक्रिया